रिलिज अगावै ‘छक्का पन्जा’ लाई करोडको सफलता, दिपकको तर्क यस्तो


असोज २४ गते फूलपाती बाट रिलिज तयारीमा रहेको चलचित्र ‘छक्का पन्जा ५’ को गीत ‘ब्रेकअप’ ले युट्युव मा एक करोड बढी दर्शकको साथ पाएको छ। यो गीतले रिलिजको १९ दिनमा यो आंकडा पार गरेको हो। बाबुल गिरिको शब्द, संगीत र स्वरमा गीत तयार भएको छ।

लगातार हिट सिक्वेल दिदै आएको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छन्। दिपकराज गिरि, केदार घिमिरे, बर्षा शिवाकोटी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

एकले अर्कालाई सपोर्ट गरेर माथी जाने हो- दिपकराज गिरि

पछिल्लो समय समाजिक संजालमा छक्का पन्जा चलचित्र र टिमलाई लिएर अनेक टिपण्णी भैरहेको छ। सामजिक संजालमा संगै रिलिज तयारीमा रहेका अन्य चलचित्रसंग तुलना गर्दै चलचित्रको बारेमा नकारात्मकता फैलिरहेको छ । यस बिषयमा चलचित्रको निर्माण टिमले कुनै प्रतिक्रिया जनाईरहेको छैन । मौन बसेको समयमा दिपकराज गिरिले संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनले एकअर्कालाई तानेर वा विरोध गरेर हैन सपोर्ट गरेर माथि जान सकिने तर्क दिएका छन्।


दिपक भन्छन् ‘साइबर सेन भन्दा पनि एक चलचित्रले अर्को चलचित्रलाई प्रहार गरिरहेका छन् । समाजिक संजालको धेरै प्लेटफर्म रहेका छन्। आ-आँफै चलचित्रको प्रचारप्रसार गरेको राम्रो हुन्छ। सामाजिक संजालमा आएका सबै मान्छे साइबर सेना होइनन्। चलचित्रकर्मीले नै आफै आफ्नो चलचित्रको लागी अर्को चलचित्रको नकारात्मक कमेन्ट गर्ने पक्कै सोच्दैनन्। मैले मेरो चलचित्रको बारेमा लेख्दा तेरो हेर्दिन अर्को हेर्छु भन्नु पर्दैन। सबैको हेर्छु कि जसको हेर्छु उसको बारेमा लेख्दा सहज हुन्छ। ‘

प्रतिक्रिया दिनुहोस्