कस्तो होला अनमोल केसी र केदार घिमिरे माग्ने बुढाको पहिलो सहकार्य ?


हास्य कलाकारको रुपमा स्थापित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पछिल्लो समय चलचित्रमा सफल अभिनेता हुन्। ‘छक्का पन्जा’ सिरिजका महत्वपूर्ण सदस्य केदारलाई लिएर चलचित्र निर्माणको लागी निर्माताहरु लालायित हुने गर्दछन्। सिरिजमा व्यवसायिक हिसाबले सफल केदार पछिल्लो समय अन्य ब्यनारका चलचित्रमा पनि अभिनय गर्ने तयारीमा रहेका छन्।

केहि दिन अगाडी उनले चलचित्र ‘जेरी अन टप’ साइन गरेका थिए । यो चलचित्रमा पछिल्लो समयका स्टार अभिनेता अनमोल केसीको साथमा जसिता गुरुङ्ग र आंचल शर्मा मुख्य भूमिकामा रहेका छन्। अर्को शिर्ष भूमिकामा केदार अनुबन्धित भएका छन्। सरोज न्यौपानेको निर्माण र सुयोग गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्र मार्फत पहिलोपटक केदार र अनमोलले सहकार्य गर्न लागेका हुन्। छक्का पन्जा बाहिरको ब्यानरमा उनको यो यात्रा कस्तो रहने हो त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्