कस्तो छ प्रदिपलाई सुपरस्टार ट्याग दिईएको ‘एक्टर’ टीजर?


कार्तिक १५ गते लक्ष्मीपूजाबाट चलचित्र ‘एक्टर’ रिलिजको तयारीमा रहेको छ। प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला प्रमुख भूमिकामा रहेको चलचित्रको टीजर निर्माण टिमले सार्वजनिक गरेको छ। केहि दिन अगाडी सार्वजनिक टिजरमा अभिनेता प्रदिप खड्कालाई सुपरस्टारको ट्याग दिईएको छ।

विश्ववजारका चलचित्रमा अझ दक्षिण एसियाका चलचित्रमा कलाकारनै यस्तो उपाधि दिनु कुनै नौलो कुरा हैन। नेपालमा पनि यो ट्रेन्डले बिस्तारै प्रसय पाउदै गएको छ। प्रदिप खड्का लाई दिईएको सुपरस्टारको ट्यागले चलचित्रमा कती प्रमाणित गर्ने हो त्यो हेर्न बाँकि रहेको छ।


कुरा गरौ टिजरको, देखिएका नेपाली चलचित्रभन्दा केहि भिन्न टिजर निर्माणको कोसिस चलचित्रको टीमले गरेको छ । प्रदिपको विभिन्न रुपलाई चलचित्रको टिजरमा देखाईएको छ। उनको लुक्सले सामाजिक संजालमा यतिबेला व्यापाक स्थान पाइरहेको छ ।
डेव्यु अभिनेत्री दिव्या र आना दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ। कमब्याक गरेका अभिनेता राजबल्लभलाई भिलेनको रुपमा टिजरमा प्रस्तुत गरिएको छ। राजन भुसालको निर्देशन र थमनकुमार भण्डारीको निर्माणमा तयार भएको चलचित्रमा दिव्यदेव, उषा रजक, सुशील सिटौला लगायत अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्