‘लाज शरणम्’ बाट कमब्याक गर्दै सिताराम कट्टेल ‘धुर्मुस’ !


अभिनयमा आफुलाई स्थापित गरिसकेका सिताराम कट्टेल ‘धुर्मुस’ ले केहि बर्ष समाजसेवामा विताए। २०७२ सालमा गएको भूकम्पपछि कट्टेल दम्पत्ती नै अभिनय छाडेर समाजसेवामा होमियो । समाजसेवामा सक्रिय रहँदै गर्दा धुर्मुसले ‘सेन्टी भाइरस’ बाट निर्माण र अभिनयमा कमब्याक गरे। व्यवसायिक हिसावले चलचित्र डुब्यो।

चितवनमा निर्माण क्रममा रहेको क्रिकेट रंगशालाको निर्माण रोकियो। यो रंगशालालाई लामो संघर्ष पछि सरकारको जिम्मा लगाउदै धुर्मुस अभिनयमा फर्किए। स्टेज कार्यक्रममा देश विदेशमा व्यस्त रहेका धुर्मुस चलचित्र अभिनयमा पुन: फर्किएका छन्। कुमार कट्टेल (जिग्री ब्रो)को निर्देशनमा तयार भैरहेको चलचित्र ‘लाज शरणम्’ बाट सितारामले कमब्याक गरेका हुन् ।

डोल्पामा छायांकनरत चलचित्रमा धुर्मुसको अभिनयको चर्चा सुरुवात देखि नै रहेको थियो। तर निर्माण टिमले कुरा भैरहेको मात्र बताएको थियो। अहिले पनि निर्माण टिमले यो कुरा सार्वजनिक गरेको छैन। तर मिडियामा सार्वजनिक एक तस्विरमा धुर्मुस डोल्पामा चलचित्रको टीमसंगै देखिएका छन्। संगै अर्जुन घिमिरे पाँडे पनि देखिएका छन्। फागुन १४ गते (शिवरात्री) बाट प्रदर्शनमा आउने चलचित्रमा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणी नेपाल, हरिश निरौला, रेनु योगी, सागर लम्साल, प्रियना आचार्य, माला लिम्बू लगायत अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्