‘हेर्दै जाउँ’ गीतमा नाजिर र सृष्टिको प्रेम


कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक गरिएको छ। केहि साता अगाडी टिजर सार्वजनिक गरिएको चलचित्रको ‘हेर्दै जाउँ’ बोलको गीत सार्वजनिक गरिएको हो । रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको गीतमा दीपेन्द्र गौचनको शब्द रचना तथा संगीत रहेको छ।

भिडीयोमा चलचित्रका प्रमुख दुई कलाकार नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । राजीव कर्णको कोरियोग्राफी रहेको गीतको भिडियोमा दुवैको प्रेमभाव देखाइएको छ।

करिब ३२ वर्षअघि डकु-ड्रामा ‘उजेली’ निर्देशन गरेका दीपेन्द्र गौचनको निर्देशनमा तयार भएको चलचित्रमा सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, सुदीप पटेल, अर्जुन पोखरेल, ललिता देवी मिश्र लगायतको अभिनय छ । नकिम उद्दिन कार्यकारी निर्माता रहेको निर्देशक गौचन स्वयं निर्माता रहेको चलचित्रमा किम उद्दिन कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्