‘एक्टर’ मा आना र दिव्यासंग प्रदिपको प्रेम !


लक्ष्मीपूजाको अवसर पारेर कार्तिक १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘एक्टर’ का तीन नयाँ पोष्टर सार्वजनिक भएका छन्। त्रिकोणात्मक प्रेमकथाको भावमा सार्वजनिक पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ। सार्वजनिक एक पोष्टरमा प्रदीप खड्काको जोडी अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीसँग बाँधिएको छ।

पोष्टरमा आना र दिव्याप्रति प्रदीपको प्रेमभाव दर्शाउन खोजिएको छ । प्रदिप, आना र दिव्याले पहिलोपटक स्क्रिनमा संगै सहकार्य गरेको छ। दिव्याको यो पहिलो चलचित्र हो। उनि स्टार अभिनेता दिलिप रायमाझीकि छोरी हुन् ।

अदृत फिल्मस् तथा मोती फिल्मस्‌को संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई राजन भुषालले निर्देशन गरेका छन्। चलचित्रमा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौला लगायतको अभिनय रहेको छ । थमन कुमार भण्डारी निर्माता रहेको चलचित्रमा अनिश भुसाल सह-निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्