बिहेको वरपरी घुमेको निश्चल र स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’ ट्रेलर


गीत र टिजर सार्वजनिकपछि चर्चामा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ दशैंको अवसर पारेर असोज १७ गते (घटस्थापना)देखि प्रदर्शनमा आउंदैछ। वर्षको अर्को हिट चलचित्रको रुपमा हेरिएको यो चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर विवाहको वरिपरि घुमेको छ।

३० बर्ष पुग्ने लागेकी स्वस्तिमा खड्कालाई आएको विहेको दवाव र त्यसले उत्पन्न परिस्थितिलाई रमाइलो ढंगले ट्रेलरमा प्रस्तुत गरिएको छ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर, अभिषेक खड्का लगायतको अभिनय छ । स्वस्तिमा र निश्चलको निर्माणमा तयार भएको चलचित्रको कार्यकारी निर्मातामा फिरोज खड्का र शंकर पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्