कस्तो छ ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप’ गीत ?


यो वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ५’ को दोश्रो गीत सार्वजनिक भएको छ। बाबुल गिरीको गायन, शब्द र संगीतमा तयार भएको रमाइलो गीत ‘ब्रेकअप’ सार्वजनिक भएको छ ।

ब्रेकअपपछि प्रेमीले प्रेमिकाप्रति पोखेको आक्रोशलाई कमेडी शैलीमा प्रस्तुत गरिएको गीतलाई दर्शकले रुचाएका छन्। दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित लगायत फिचर रहेको गीतको भिडियोलाई गम्भीर बिष्टको कोरियोग्राफीमा तयार गरिएको छ ।

दशैँको अवसर पारेर असोज २४ गते फूलपातीबाट रिलिज हुने चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी छन्। हरि हुमागाइँको डिओपी तथा उत्तम हुमागाइँको छायांकन रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्