आइफोनले खिचिएको चलचित्रको प्रिमियरमा कस्तो मिल्यो प्रतिक्रिया?


प्रविधिको विकास र विस्तारले पछिल्लो समय सहज रुपमा चलचित्र निर्माण र प्रदर्शनको क्रम बढ्दो रहेको छ। यहि क्रममा भदौ २८ गते बुधबार काठमाण्डौमा आइफोनले खिचिएको एक चलचित्रको प्रिमियर गरिएको छ।

“A PLACE UNDER THE SUN ” (सूर्य मुनि एक ठाउँ) नाम राखिएको चलचित्रको स्पेशल स्क्रिनिङ्गमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा संचारकर्मीको उपस्थिति रहेको थियो। उपेन्द्र सुब्बा, शैलेन्द्र कार्की, यश कुमार, निर्देशक सुबर्ण थापा, सचिन घिमिरे, कलाकार प्रविन खतिवडा, अभय बराल लगायतको उपस्थिति प्रिमियरमा रहेको थियो।

क्राइम ड्रामा जनराको चलचित्रले बाल्यकाल देखि मिल्ने ३ साथिहरु कथा प्रस्तुत गरेको छ। आइफोनले खिचिएको चलचित्रको दृश्यको क्वालिटीमा कम्प्रमाइज नदेखिएको प्रिमियरमा सहभागीले प्रतिक्रिया दिएका थिए। नव-कलाकारको प्रस्तुती राम्रो रहेको छ। जेसन लोप्चन को लेखन तथा निर्देशन रहेको चलचित्र केहि लामो र स्लो भएपनि चलचित्रको मेकिङ्ग, स्टाइलको प्रिमियरमा प्रसंसा मिलेको थियो। चाडै रिलिजको तयारी निर्माण टिमले गरेको छ।

प्रतिक्रिया दिनुहोस्