जितु र नीतिको बिहे र रोमान्स सहित ‘ज्वाइँ साब’ को ‘कसम बत्तीको’


असोजको २४ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतको अडियो शक्तिशाली छ ।


दशैंको फूलपातीमा रिलिज हुन लागेको यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । बिहेको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ ।


विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्