‘खुस्मा’ ट्रेलर: धिरज र उपासनाको प्रेममा पीडाले भरिएको यात्रा


भिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर चलचित्र ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो । चार मिनेट लामो ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ । धिरज र उपासनालाई प्रेमी-प्रेमीकाको रुपमा प्रस्तुत गरिएको ट्रेलर मनछुने बनेको छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री चलचित्रको लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् ।

चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको चलचित्रको प्रचार सामाग्रीलाई दर्शकले रुचाएका छन्। सार्वजनिक दुई गीतले दर्शकको लोभलाग्दो साथ पाएका छन्। असोज ३ गतेबाट रिलिज हुने चलचित्रबाट धिरज र उपासनाको जोडी जम्ने विस्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्