२५ दिनमा सकियो ‘घर नम्बर २’ को छायांकन


दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को छायांकन पुरा भएको छ । निर्माणपक्षले काठमाडौं र ललितपुरमा चलचित्रलाई २५ दिन लगाएर छायांकन सम्पन्न भएको छ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।


सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको चलचित्र माघ ११ गतेबाट रिलिज हुँदैछ। ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्रमा शरद श्रेष्ठ, किरण मजर्हन र राजीव श्रेष्ठको लगानी छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रको कथा बुद्धि सागरले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्