डोल्पाबाट सुरु भयो ‘लाज शरणम्’ को छायाङ्कन


‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’को छायाङ्कन शनिबार डोल्पामा सुरु गरिएको छ। करिव २० दिनको छायाङ्कन सेड्युल लिएर डोल्पा पुगेको चलचित्रको मुहूर्त सर्ट कलाकार विजय बराल र अर्जुन घिमिरे ‘पाँडे’ ले दिएका छन्। बाँकी छायाङ्कन काठमान्डौ र अन्य ठाउँमा हुने बताइएको छ।

सक्किगोनिका नै अधिकांश कलाकार रहेको चलचित्र कुमार कट्टेल ‘जिग्री’ को लेखन तथा निर्देशनमा तयार भैरहेको छ।


चलचित्रमा विजय, पाँडेको साथमा हरिश निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’, कमलमणि नेपाल, माला लिम्बू, मुकुन्द श्रेष्ठ, अर्पण थापा, प्रियना आचार्य ‘मुन्नी’ लगायतको अभिनय रहेको छ। फागुन १४ गतेबाट चलचित्र प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्