जापान र कोरियामा बिक्री भयो ‘खुस्मा’, धिरज र उपासनालाई आवश्यक छ हिटको ट्याग


असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘खुस्मा’ को गीत ‘रुकुम मैकोट’ यतिबेला चर्चामा रहेको छ। यो गीतले चलचित्रको हाइप पनि बढाउदै गएको छ। सोहि कारण चलचित्रको विदेश माग बढेको छ।

जापान र दक्षिण कोरियाका लागि चलचित्रको प्रदर्शन अधिकार बिक्री गरिएको छ । यी दुई देशमा राम्रो रकममा चलचित्र बिक्रि भएको बताइएको छ । अशोक थापा मगरको निर्देशन र लेखन रहेको चलचित्रमा धिरज मगर, उपासना सिंह ठकुरी, माओत्से गुरुङ, सुजाता राई, खड्कबहादुर पुन (खबपु), विजय सुब्बा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर लगायतको अभिनय रहेको छ । द्वन्द्वकालीन समयको प्रेम कथामा आधारित भएर बनेको यो चलचित्रको प्रचार सामाग्रीलाई दर्शकले रुचाइ रहेका छन्। धिरज मगरलाई करियरमा हिट चलचित्रको आवश्यकता परिरहेको छ। उपासना पनि पछिल्लो समय मल्टिस्टारर चलचित्रमा मात्र सफलता हासिल गरिरहेकी छिन् । सोहि कारण पनि दुवैलाई यो चलचित्र चल्न पर्ने आवश्यकता देखिन्छ। प्रचार सामाग्रीलाई दर्शकको साथ, समुदायका कथामा बनेका चलचित्रको सफलताले यो चलचित्र पनि बक्स अफिसमा चम्कन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्