बाग्लुङ्ग बाट प्रकाश र स्वस्तिमाले सुरु गरे ‘वसन्त’ छायांकन


गायक प्रकाश सपुत पछिल्लो समय चलचित्रमा डिमाण्डमा रहेका छन्। गायनमा सफलता हासिल गरेका सपुतको डेव्यु चलचित्र ‘परदेशी २’ बक्स अफिसमा सफल बन्यो। यसले चलचित्र क्षेत्रमा डिमाण्ड झन् बढ्यो। उनि अभिनित ‘पूर्ण बहादुरको सारंगी’ तिहारमा रिलिज हुँदैछ भने ‘हरिबहादुरको जुत्ता’ मा उनि अनुबन्धित भैसकेका छन्।

यतिबेला उनको आफ्नै निर्देशनमा तयार भएको चलचित्र ‘वसन्त’ मा उनी व्यस्त रहेका छन्। बैशाखमा घोषणा गरिएको चलचित्रको शनिबार देखि बागलुङबाट छायांकन सुरु गरिएको छ । छायांकन अगाडि कालिका मन्दिरमा चलचित्रको मुहूर्त गरिएको थियो। मुहूर्तपछि शान्ति पदयात्रा निकालिएको थियो। मुहर्तमा प्रकाश सहित अभिनेत्री स्वस्तिमा खड्का सहित चलचित्रको टिम उपस्थित रहेका थिए।

बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँ र आसपासको क्षेत्रमा करिब २५ दिन चलचित्रको छायांकन हुनेछ । बाँकि छायांकन दशैं र तिहारको बिचमा हुनेछ ।चलचित्रमा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको अभिनय रहनेछ । चलचित्र चैते दशैँमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्