नवाजुद्दिन सिद्दिकी नेपालमा, ‘शाम्बला’ प्रिमियरमा सहभागी हुने


अभिनयको कारण नै विश्वबजारमा भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकीका फ्यान करोडौ रहेका छन्। उनको अभिनयको प्रसंसक नेपालमा पनि लाखौ रहेका छन्। उनै अभिनेता नवाजुद्दिन यतिबेला नेपाल भ्रमणमा रहेका छन् । हिजो नेपाल आएका उनको प्रमुख सेड्युल भनेको मिन बहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ को प्रिमियरमा सहभागी हुन् हो। उनि संगै यहि प्रिमियरमा सहभागी हुन् निर्देशक अनुराग कश्यप पनि यतिबेला नेपालमा रहेका छन्।

तस्विर: उमेश कार्की

चलिरहेको ट्रेन्ड भन्दा भिन्न चलचित्र निर्देशनका लागी अनुराग परिचित रहेका छन्। मिनका कथा भन्ने शैली पनि उस्तै रहेको छ। उनि बर्षौ लगाएर चलचित्र निर्माण र निर्देशन गर्ने गर्दछन्। दुवै भारतीय चलचित्र कर्मीको नेपाल यात्राले नेपाली चलचित्रको उचाईलाई अझ माथी पुर्याउने विश्वास गरिएको च। नवजुद्दीनले त मिनसंग काम गर्ने घोषणा नै गरिसकेका छन् । बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरामा निर्माण भएको हो। यसअघि मिनले कालोपोथी चलचित्र निर्देशन गरेका थिए।

पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा टिजरमा प्रस्तुत गरिएको चलचित्र भदौ २८ गतेबाट नेपालमा रिलिज हुँदैछ। एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमाको कथालाई टिजरमा प्रस्तुत गरिएको छ। १४ करोड रुपैयाँ बराबरको बजेट रहेको यो चलचित्रमा थिन्ले ल्हामो र सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङ लगायत कलाकारको अभिनय छ। थिन्लेले लोकार्नो फिल्म फेस्टिभलमा यहि चलचित्र बाट अवार्ड जितिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्