‘१२ गाउँ’को पहिलो गीतले रेकर्ड राख्ने पक्का, रिलिजको २ घण्टामै ट्रेण्डीङ्गमा


बिराज भट्टको निर्देशन तथा प्रमुख भूमिकामा रहेको चलचित्र ‘१२ गाउँ’ चर्चा र प्रतिक्षित रहेको छ। छोरा समिर भट्टको डेव्यु भएको कारण पनि दर्शकमाझ यो प्रतिक्षित बनिरहेको छ। पोष्टर र टीजर रिलिजले दर्शकको राम्रो साथ पाएको चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ।

‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ । गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली चलचित्रमा डेव्यु गरेकी हुन् । उनी र समीरलाई सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी भिडियोमा रहेको छ।

यो गीतको भिडियोले नयाँ इतिहास रच्ने पक्का देखिएको छ। रिलिजको ३ घण्टामा नै गीत युट्युव म्युजिकको ट्रेण्डीङ्गको २२ नम्बरमा आएको छ। ४ हजार बढी प्रतिक्रिया बटुलेको गीतले अधिकांश सकारात्मक प्रतिक्रिया बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस्