प्रकाश र स्वस्तिमाको ‘वसन्त’ नयाँ पोष्टर, शनिबारबाट छायांकन सुरु


प्रकास सपुत र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहने चलचित्र ‘वसन्त’ को पोष्टर सार्वजनिक भएको छ। हरितालिका तीजको अवसर पारेर शुक्रबार चलचित्रका मुख्य पात्रहरु सहितको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य पांच पात्रहरुको चरित्रलाई चित्रण गरिएको छ।

विद्यार्थीको पोशाक पहिरिएका पात्रहरु कापी-कलम च्याप्दै विद्यालयतिर दौडिइरहेको देखाईएको छ । सार्वजनिक पोष्टरमा स्वस्तिमा खड्काको पात्रको नाम शान्ति शर्मा, प्रभात पाल ठकुरीको प्रेम आर क्षेत्री, खड्ग बहादुर पुन (खबपु) को सत्यबहादुर मगर, प्रकाश सपुतको वसन्त विक र शिवांसी श्रीको सपना विक नाम राखिएको छ । पोष्टरले समाजमा रहेको जातिय सामाजिक संरचनालिई प्रस्तुत गरिएको छ। यसले निकै अर्थपूर्ण सन्देश बोकेको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रमा प्रकाश सपुतको निर्देशन र सुनिल विकको मुख्य सहायक निर्देशन रहेनछ । चलचित्रमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि अभिनय रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।
बागलुङको कालिका मन्दिरमा चलचित्रको शुभसाइत पूजा गर्दै शनिबारबाट बागलुङको धम्जादेखि छायांकन सुरु गरिनेछ । बसन्त चैते दशैंको अवसर पारेर आगामी चैत २२ गते प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्