पहिलो दिन आक्रामक ‘रावायण’, हलहलमा दर्शक भेट्दै पल पुजा


सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘रावायण’ आजबाट हलमा रिलिज भएको छ। पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्रले पहिलो दिन आक्रामक सुरुवात गरेको छ। बिहानबाट नै हलमा चलचित्र हेर्न दर्शकको भिड रहेको छ। पूजाको लगानीमा निर्माण भएको चलचित्रमा पलको दोहोरो भूमिका रहेको छ।

पल शाहको पात्र हाबी रहेको चलचित्रको दर्शक क्रेज पनि हलमा हाबी देखिएको छ । पल र पूजा बिहानबाट नै विभिन्न हलमा पुगिरहेका छन्। बिग मुभिज, सिभिल मल, अष्टनारायण लगायतका हलमा दर्शकको उपस्थिति बलियो रहेको छ । रिलिजको पहिलो र दोश्रो दिन पल र पुजाका फ्यानले हलमा बलियो उपस्थिति जनाउदै आएका छन् । सोहि क्रम यो चलचित्रमा पनि देखिएको छ।


बिभिन्न हलमा पुग्दा पुजा र पलले दर्शकको सकारात्मक प्रतिक्रिया र हौसला पाइरहेका छन्। चलचित्रमा पल र पूजाको साथमा प्रियंका कार्की, प्रकाश शाह, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्