टिकटकर्सकाे चलचित्र डेब्युलाई किन स्वीकार्दैनन् दर्शक ?


नेपाली चलचित्र बजार बिस्तारै फराकिलो बन्दै गएको छ।  यो एउटा यस्तो क्षेत्र हो , आउन जसलाई पनि छुट रहेको छ तर यो क्षेत्रमा टिक्न र चलिरहन भने आफ्नै मिहेनत, धैर्यता र लगनशीलताको आवश्यकता पर्ने गर्दछ। लगभग ६० बर्षको इतिहासमा बिस्तारै नेपाली चलचित्रले आफ्नो व्यवसायिक बाटोलाई फराकिलो बनाउदै लागेको छ। तर पनि यो क्षेत्र अझै व्यवसायिक बनेको छ या छैन त्यो भने बहसको बिषय बन्ला। खैर आज हामीले यो बिषयमा चर्चा गर्न लागेको हैन। यो सामाग्रीमा हामी सामाजिक संजालबाट उदाएका नव-प्रतिभालाई किन आम दर्शकले चलचित्रमा अभिनय गर्ने बिषयलाई गम्भीरतापुर्वक लिदैनन् भन्ने बिषयमा बहस छेड्ने कोसिस गरेका छौ। 

नेपाली चलचित्र क्षेत्रमा ‘कस्टीङ्ग एजेन्सी’ को विकास खासै भएको छैन । पछिल्लो समय एक्टिङ्ग क्लास र थिएटर कलाकारलाई चलचित्रको बाटो देखाउने माध्यम बनिरहेका छन् तर त्यो उचित र प्रभावकारी मध्यम नबन्न सक्छ।  कलाकारको चलचित्र क्षेत्रमा प्रवेशको पहिलो उपाय नै निर्माता/निर्देशकको नजरमा पर्नु हो। यसका आ-आफ्नै प्रोसेस छन्। ब्युटी प्याजेन्ट, सामाजिक संजाल, रनवे, मोड्लिङ्ग लगायत विभिन्न मध्यमबाट चलचित्र क्षेत्रमा प्रवेशको बाटो खुल्दै जानेछ। 

रेखा थापाले मिस कोशी हुँदै मिस नेपाल पछि चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्। प्रियंका कार्की, स्वस्तिमा खड्का देखि आंचल शर्मा सम्मले नेपाली चलचित्र क्षेत्रमा ब्युटी प्याजेन्ट बाट नै आफ्नो करियरको यात्रा सुरुवात गरेका थिए। मलिका महत, उपासना सिंह ठकुरी लगायतका नायिकाहरु आफ्नो सामाजिक संजालका आकर्षक तस्विर हुँदै मोड्लिङ्गबाट चलचित्र क्षेत्रमा आफ्नो बाटो कोरेका छन्। 

पछिल्लो समय टिकटक नव-कलाकारका प्रतिभा प्रस्तुत गर्दै आफ्नो अभिनय यात्रालाइ अगाडी बढाउने माध्यम बनिरहेको छ।  धेरै कलाकार (बिशेष गरि म्युजिक भिडियो) यहि मध्यमबाट आइरहेका छन्। लकडाउनको समय आसपासमा सर्वाधिक व्यापाक बनेको टिकटकले त्यो पश्चात म्युजिक भिडियोमा प्रवेशको बहर नै ल्यायो।  स्मारिका ढकाल, उषा उप्रेती, गरिमा शर्मा, सरोज प्रजा, बिना राउत, गीता ढुंगाना, सनिशा भट्टराई लगायतले आफ्नो म्युजिक भिडियोको चर्चा र सफलताको यात्रा यहि माध्यमबाट बनाए र अझै पनि अगाडी बढिरहेका छन्।

यी मध्ये केहि चलचित्रमा डेव्यु गरिसकेका छन् भने केहि डेव्युको तयारीमा रहेका छन्।  गरिमा शर्मा चलचित्र क्षेत्रमा सक्रिय बन्दै गैरहेकी छिन।  उनले छोटो भूमिकामा अभिनय गरेका दुई चलचित्र रिलिज भैसकेका छन्।  सनिशा भट्टराईले चलचित्रमा अभिनय गरिसकेकी छिन्।  स्मारिका ढकाल चलचित्रमा अभिनयको तयारीमा रहेकी छिन्।

टिकटक र सामाजिक संजालबाट नै चर्चामा आएका पारस बम ‘कुल ब्वाई’ , पदम तामाङ्ग , उमर खान लगायत चलचित्रमा डेव्युको तयारीमा रहेका छन्। 

तर यी सवैको चलचित्र डेव्युको बिषयलाई सहजै स्विकार्य भैरहेको देखिन्न।  कारण एकै छ टिकटक बाट आएका।  पहिलो चलचित्रमा नै कोहि अब्बल भएर अभिनयमा आएको हुन्न।  सिकाई र काम बाट नै एक कलाकार परिपक्क बन्दै जाने हो।  यो टिकटक बाट आएका हुन् या कुनै एक्टीङ्ग क्लास अथवा अन्य कतै सवैको हकमा लागु हुन्छ।  टिकटकलाई आ-आफ्नै हिसाबले प्रयोग गर्ने प्रयोगकर्ता रहेका छन्।  यसलाई आफ्नो अभिनयको सपना पुरा गर्ने माध्यमको रुपमा पनि धेरैले प्रयोग गरिरहेका छन् । थोरैमा यसले सफलता पनि हासिल गरिरहेका छन्। 

हामीले माथी नै चर्चा गरिसक्यौ , नेपाली चलचित्र क्षेत्रमा कास्टीङ्ग एजेन्सी, सहि अडिसन लगायतको व्यवस्था छैन।  त्यसैले विभिन्न मध्यमबाट प्रवेश गर्दै आफुलाई निखार्दै परिपक्क बन्दै जानेछन्।  टिकटक पनि एउटा माध्यम हो।  पक्कै पनि करोडौ खर्च गरेर चलचित्र निर्माण गर्न लागेको निर्माता र निर्देशकले केहि नसोची र केहि नदेखी नव-प्रतिभालाई आफ्नो चलचित्रमा लिएका हुदैनन्।  र अर्को कुरा कोहि पनि आफुले आफैलाई ननिखारी चलचित्र क्षेत्रमा टिकीरहन सक्दैन। 

प्रतिक्रिया दिनुहोस्