चलचित्रमा डेव्यु गर्दै स्मारिका ढकाल


नेपाली चलचित्र बजारमा पछिल्लो समय नयाँ पुस्ताका कलाकारको आगमन बढ्दो क्रममा रहेको छ। यहि बीचमा टिकटक हुँदै म्युजिक भिडियोमा सफलता हासिल गरिरहेकी स्मारिका ढकालले ‘ज्ञानशास्त्र’ बाट चलचित्रमा डेब्यु गर्ने भएकी छन् । चलचित्रमा उनको शिर्ष भूमिका रहनेछ। दिनेश कुँवरले निर्देशन गर्न लागेको चलचित्रको छायांकन तीजलगत्तै सुरु हुनेछ।

चलचित्रमा समीर खान, रवीन्द्र झा, नरेश पौड्याल, सुशील पोखरेल, सुरविर पण्डित, श्याम राई, पूर्णिमा थापा, ममता पौडेल, रामेश्वर रिजाल, दीपक अधिकारी, अनुज गुप्ता, मुस्कान काप्री, किशोर दुवाडी, आर्यन चुडाल, दिवससिंह कुँवरको अभिनय रहनेछ । प्रेमबहादुर श्रेष्ठ र विकास बरालको लगानी रहने चलचित्र दिवस फिल्मस्‌को ब्यानरमा निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्