प्रिमियरमा ‘देवी’ को प्रसंशा, भोलीबाट हलमा परिक्षा हुँदै


भदौ २१ गते शुक्रबार तीजको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘देवी’ को बुधबार रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । प्रिमियर शोमा चलचित्र हेर्न कमलपोखरी सिटी सेन्टरस्थित बिग मूभिज हलमा चलचित्रकर्मी र पत्रकारको उपस्थित थिए ।


चलचित्र हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा चलचित्रका मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए । प्रिमियरमा सहभागी अधिकांशले चलचित्र उत्कृष्ट बनेकाले यो चलचित्र ठुलो माससम्म पुग्न जरुरी भएको प्रतिक्रिया दिए ।

अभिनेत्री सृष्टि श्रेष्ठले पनि चलचित्रको बिषयवस्तुले भावुक बनाएको बताइन् । नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ । तर, त्यसको प्रभावकारी कार्यन्वयनको जरुरी रहेकाले ‘देवी’ जस्ता चलचित्रले सरकारलाई घचघचाउन सफल हुने विश्वास व्यक्त गरिन् । अभिनेत्रीद्धय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि चलचित्रमा उत्कृष्ट बनेको भन्दा यस्ता चलचित्रलाई धेरै भन्दा धेरै दर्शकले हेरेर बहसको रुपमा लैजानु पर्ने बताए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्देशक सञ्जोग राई हुन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा चलचित्र ‘देवी’ बनेका हो । यो चलचित्र सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्सले सहकार्य गरेको छ ।

शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय चलचित्रमा रहेको छ। रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्