नाजिर र सृष्टिको ‘केटि हराएको सुचना’ कार्तिक ३० मा, त्रिपक्षीय भिडन्त पक्का


नाजिर हुसेन र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘केटि हराएको सुचना’ को टीजर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। चलचित्र कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । यो मितिमा यस अगाडी दुई नेपाली चलचित्रले आफ्नो रिलिज मिति तय गरिसकेका छन्।


नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ र सौगात मल्ल स्टारर चलचित्र ‘बम बहादुर’ले यो मितिमा रिलिज तय गरिसकेका छन् । मंगलबार सार्वजनिक टीजरले नाजिर र सृष्टि बीचको प्रेम र बदलाको भावलाई प्रस्तुत गरेको छ।

करिब बत्तीस वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन र निर्माण रहेको चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र आदिको अभिनय छ । चलचित्रमा नकिम उद्दिन कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्