पौषमा रिलिज मिति तय गर्दै दयाहाङको ‘कार्साङ्’ पोष्टर


दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ्’ ले रिलिज मिति तय गरेको छ । चलचित्रको निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै पुष २६ गतेलाई रिलिज मिति तय गरेको छ । पोस्टरमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङलेखुलाई प्रस्तुत गरिएको छ ।


यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको छ। चलचित्रमा दयाहाङ र सिर्जनासहित दीया मास्के, जितु नेपाल, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको अभिनय रहेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रका निर्माता प्रधान स्वयं हुन् । चलचित्रको सह-निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्माता आङछिरिङ शेर्पा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्