‘नमेटिने घाउ’ बक्स अफिसमा फ्लप, रमितले लगाए नेतालाई आरोप


अभिनेता रमित ढुंगानाले नेताहरुको तस्विर पोष्टरमा कलाकारको भन्दा ठुलो राखेर चलचित्र ‘नमेटिने घाउ’ को प्रचार गरे। प्रधानमन्त्री केपी शर्मा ओली , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्‍ ज्ञानेन्द्र शाही लगायतलाई चलचित्रमा अभिनय गराए। एसिड आक्रमणमा परेका ३३ जना पिडितको रियल घटनामा आधारित रहेर निर्माण गरिएको चलचित्रको प्रचारमा नै रमितले बतामान प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीले एकै चलचित्रमा अभिनय गरेको रेकर्ड भएको उल्लेख समेत गरे।

तर तिनै नेताको उपस्थिति अहिले उनलाई भारी परेको छ। प्रचारको समयमा तिनै नेताको मुक्त कण्ठले प्रशसा गरेका रमितले चलचित्र फ्लपको आरोप पनि नेतालाई लगाएका छन्। रमित आफ्नो सामजिक संजालमा लेख्छन्, ‘दर्शकबाट बहिष्कारका कारण…त्यो नेतालाई किन चलचित्रमा राखेको ? हाम्रो मात्र नेता राखेको भए हुन्थ्यो । त्यसैले हामी नहेर्ने सरी रमित !’

यस्तो छ उनको पुरा स्टाटस:

‘Boycott(बहिष्कार)भन्ने शब्द पनि धेरै पावर फुल हुदो रैछ ! ३३ जना एशिड आक्रमणमा परेका हरुको सत्य घटना मा आधारित रहेर करिब ३/४ वर्ष लगाएर निर्माण भयको चलचित्र “नमेटिने घाउ “लाई दर्शक बाट बहिष्कार कारण —नेताहरु लाई किन चलचित्र मा राखेको हामी नहेर्ने Sorry रमित
राजनैतिक पार्टि हरु का सदस्य हरु बाट बहिष्कार कारण—त्यो नेता लाई किन चलचित्र मा राखेको ! हाम्रो मात्र नेता राखेको भय हुन्थ्यो !त्यसैले हामी नहेर्ने Sorry रमित
नमेटिने घाउ साचिकै नमेटिने घाउ नै हुनि भयो …’

प्रतिक्रिया दिनुहोस्