कार्तिक १५ मा प्रकाश, प्रदिप र पलको बक्स अफिस भिडन्त


तिहारको लक्ष्मीपूजाको दिन घरेलु बक्स अफिसमा रोचक भिडन्त हुने भएको छ। कार्तिक १५ गते नेपाली चलचित्रको त्रिपक्षीय भिडन्त पक्का भएको छ। यो मितिमा प्रदिप खड्काको ‘एक्टर’ , पल शाहको ‘मायावी’ र प्रकाश सपुतको ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज पक्का भएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ टीमले मुख्य कलाकारद्वय विजय बराल र प्रकाश सपूत चित्रित छन् । विजय फुलेको दाह्री र कपालमा खुसी भावमा देखिएका छन् भने प्रकाश फूलको माला लगाएर हातमा मार्कसिट लिएर खुसी हुँदै दौडिरहेका छन्।

सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, भोलाराज सापकोटा, देशभक्त खनाल, बुद्धि तामाङ, विनोद न्यौपाने, अलिसा बास्तोला, जानवी पौडेल, श्याम केसी लगायतको अभिनय रहेको छ। विनोद पौडेल र प्रतीक सुवेदी निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

पछिल्लो समय प्रदिप र पल नेपाली चलचित्र क्षेत्रका दुई स्टार कलाकार हुन्। गायनमा आफुलाई स्थापित गरेर पहिलो चलचित्र नै बक्स अफिसमा हिट दिएका प्रकाश पछिल्लो समय चलचित्रमा डिमाण्डमा रहेका नायक हुन्। आ-आफ्नो स्थानमा गज्जबको फ्यान बनाएका यी तीनका चलचित्रले बक्स अफिसमा कस्तो कमाल गर्ने हुन् त्यो भने लक्ष्मीपुजा पछि थाह हुनेछ।

प्रतिक्रिया दिनुहोस्