सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वरमा ‘देवी’ को मर्मस्पर्शी गीत


नाजिर हुसेन, गौरव पहारी र शिल्पा मास्केको मुख्य भुमिका रहेको चलचित्र ‘देवी’ को ‘सेलाइ देउ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् । सुशान्त गौतमको संगीत निर्देशन तथा सुष्मा सिग्देलको शब्द रचना रहेको चलचित्रको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि सुन्न सकिन्छ ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्र का निर्देशक सञ्जोग राई हुन् । चलचित्र को कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको चलचित्रले प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ । चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय चलचित्रमा रहेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्