‘रावायण’ गीतमा रोमान्टिक पल र पूजा


भदौ २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रावायण’ को रोमान्टिक गीत सार्वजनिक भएको छ। कुनाल गन्जावाला र सोनु कक्करको स्वरमा रहेको गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको हो। गीतमा डाक्टर कृष्णहरि बरालको शब्द, निरज सिंहको संगीत रहेको छ ।

सार्वजनिक गीतमा नायक पल शाह र नायिका पूजा शर्मालाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । कोरियोग्राफर रामजी लामिछानेले भिडियो तयार पारेका छन्।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मिला मल्ल, कैलाश रावल, निकिता चाण्डक लगायतका कलाकारहरुको अभिनय छ ।


सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्माको लगानी रहेको छ । सार्वजनिक प्रचार सामग्रीले समाजिक संजालमा दर्शकको साथ पाईरहेको छ । सोहि कारण पनि बक्स अफिसमा चलचित्रले आकर्षक व्यापार गर्ने आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्