‘सतीदेवी’ लाई दर्शकको सकारात्मक प्रतिक्रिया, भुवन केसी बने भावुक


लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ। बक्स अफिसमा व्यापरिक हिसाबले उछाल नदेखिएपनि प्रतिक्रियात्मक हिसाबले भने चलचित्र अब्बल देखिएको छ। छोरा र छोरीबीच गरिने विभेदको कथा, कलाकारको अभिनयले दर्शकको मन जितिरहेको छ । सामाजिक सञ्जालमा चलचित्रको प्रशंसा गर्दै स्टाटस लेख्ने, र भावुक हुँदै भिडियो बनाउने दर्शक रहेका छन्।

केही दिनअघि सुजा चोङबाङ लिम्बू नाम गरेकी एक महिला दर्शकले चलचित्र हेरेपछि तीन दिनसम्म भाबुक भएको बताएकी छिन्। ‘तीन दिन भइसक्यो चलचित्र हेरेको । तर, त्यसको पार्ट-पार्टले एकदमै छोइरहेको छ । म एकदमै भावुक भइरहेको छु ।’ सुजाको प्रतिक्रिया रहेको छ। दर्शकसंगै चलचित्रलाई सेलिब्रेटीले पनि रुचाएका छन्।

प्रिमियरमा सेलिब्रेटीको मन जितेको चलचित्रलाई चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा अभिनेता भुवन केसीलाई पटकपटक भावुक बनाएको छ । ‘सुरुदेखि अन्तिमसम्म एकदमै मन छुने छ । एकदमै ‘इमोसनल’ छ,’ उनले भने। उनले अभिनेत्री मलिका महतको पनि अभिनयको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्