‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’ सार्वजनिक


चलचित्र ‘सानो संसार’ को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत सर्वाजनिक गरिएको हो ।

संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको गीतमा सवै मुख्य कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ ।

राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा अर्जुन कुमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन् । चलचित्र असोज ११ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्