धिरजसंगको प्रेम प्रश्नमा नर्भस देखिएकी उपासना


धिरज मगर नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेदेखि नै चर्चामा रहेको नाम हो। क्युट लुक्स, सुन्दर स्माइलले चलचित्र डेव्यु अगाडी नै सोसियल मिडियाबाट एक लेभलको फ्यान क्रेज बनाईसकेका धिरज प्रेम चर्चाको कारण पनि समाचारमा छाईरहेका हुन्छन्। अभिनेत्री जसिता गुरुङ्गसंगको बेलायत देखि नेपाल सम्म प्रेम चर्चामा उनि रहे। दुवैले चलचित्रमा सहकार्य गरे, तर आफ्नो प्रेमको बारेमा खुलाउन चाहेनन्। दुवैको व्यक्तिगत जीवनको कुरा भयो गसिप बाहेक ठोकुवा गर्ने अवस्था पनि भएन। दर्शकले पर्दामा मिलेको जोडी देखेपछि रियल लाइफमा पनि त्यो भैदिए हुन्थ्यो भन्ने कामना गर्नु कुनै नौलो बिषय पनि भएन।

यतिबेला धिरज पुन एकपटक प्रेम चर्चामा छन् । अभिनेत्री उपासना सिंह ठकुरीसंग। धिरज र उपासना चलचित्र ‘खुस्मा’ लिएर असोज ३ गते दर्शक भेट्न आउदैछन्। मगर संस्कृति भित्रको प्रेमको कथा बोकेको चलचित्रको सुटिङ्ग सेट बाट उपासनाले सार्वजनिक गरेका तस्विर प्रेमिल थिए। यस अगाडी प्राय उनले आफ्नो को-एक्टर संग यस्ता तस्विर सार्वजनिक गरेको देखिएको थिएन। सोहि कारण पनि चलचित्र नगरी उनीहरुको प्रेम चर्चामा रमाएको हुन् सक्छ। गीत रिलिज कार्यक्रममा एकसाथ देखिएको यो जोडी रियलमा पनि उत्तिकै प्रेमिल देखिएको थियो । अव प्रश्नउत्तरका भिडियो तपाईहरुले हेरी सक्नु भयो।

उपासनाले जवाफ दिदा देखिएको नर्भसनेस, एक अर्काको लागी खर्चिएका प्रेमिल शब्द प्रेम चर्चामा बल दिन्छ तर बाँकि कुरा त दुवैको व्यक्तिगत जीवन हो। हाम्रो तर्फबाट खुस्मा सफलताको शुभकामना।

प्रतिक्रिया दिनुहोस्