एक्सन चलचित्रको लहर: अरुणलाई लिएर ‘हन्टर’ बन्ने


सामाजिक कथाको बाढी देखिएको नेपाली चलचित्र क्षेत्रले आफ्नो कथ्यको भाषा शैलीलाई बदल्ने संघारमा देखिएको छ। चलचित्र नगरीमा पुन: एकपटक एक्सन चलचित्रको लहर सुरु भएको छ। विराज भट्ट देखि कृषा चौलागाईसम्म एक्सन चलचित्रको लहरमा प्रवेश गरिसकेका छन्।

यहि बीचमा अर्को एक एक्सन चलचित्र बन्ने भएको छ। चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘हन्टर’ को निर्माण घोषणा गरिएको छ। यो चलचित्रमा अरुण क्षेत्री मुख्य भूमिकामा देखिनेछन् । क्याच कुक इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने चलचित्रलाई जीवन सिंहले निर्देशन गर्नेछन्।


पश्चिम नेपालमा खिचिने चलचित्रमा अभिनेत्री गरिमा शर्मा मुख्य भूमिकामा रहने चर्चा छ। केहि समय अगाडी उनले यहि चलचित्रको लागी ज्यान बनाईरहेको खबर बाहिरिएको थियो। नयाँ निर्देशक र कलाकारको प्रवेशले नेपाली चलचित्र क्षेत्र झन् बिस्तारित हुने कोसिसमा रहेको छ । अव दर्शकले यी कलाकारलाई कसरी स्विकारछन् त्यो हेर्न बाँकि रहेको छ।

प्रतिक्रिया दिनुहोस्