‘खुस्मा’ गीतमा सुन्दर धिरज र उपासनाको जोडी


असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘खुस्मा’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘रुकुम मैकोट’ बोलको गीतमा एसडी योगी र शान्ति श्री परियारको स्वर रहेको छ। गीतमा गायक योगीले नै संगीत भरेका छन् भने सुरेन्द्र रानाको शब्द रचना रहेको छ । निकै मिठो अडियोको भिडियोमा धिरज मगर र उपासना सिंह ठकुरी फिचर रहेका छन्।

कोरियोग्राफर सुरेन राईले भिडियोलाई सिम्पल बनाउने कोसिस गरेका छन्। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् ।

विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको चलचित्रको सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको चलचित्रमा धिरज र उपासनाका साथमा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्