‘वर एण्ड बधु’ गीतमा आंचल र विवेकको केमेष्ट्री देखियो आकर्षक


भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘वर एण्ड बधु’ को रोमान्टिक/ डान्सिङ्ग गीत सार्वजनिक भएको छ। ‘सिरी सिरी हावा’ बोलको गीतमा सुगम पोख्रेल र नेहा कारोडेको स्वर, नरेश भट्टराईको शब्द र युग भुषालको संगीत रहेको छ।


गीतको भिडियोमा आंचल शर्मा र विवेक कर्माचार्य फिचर रहेका छन्। डेव्यु नायकसंग आंचलको केमेष्ट्री आकर्षक देखिएको छ।

मिलन चाम्स निर्देशित चलचित्रमा आंचल र विवेकको साथमा विजय लामा, किरण केसी, रविन्द्र अधिकारी, अंशु महर्जन, हिमेश पन्त, गरिमा शर्मा, कुसुम शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। एलआरके इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्रमा जानुका थापाको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्