पलको एक्सनले भरिएको ‘रावायण’ ट्रेलर


सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘रावायण’ आफ्ना प्रचार सामग्रीका कारण नै चर्चामा रहेको छ। टिजर र गीतले बलियो छाप छाड्न सफल चलचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक भएको ट्रेलरले प्रेम र बदलाको कथा बोकेको छ । तराईको सेटिङ्गमा खिचिएको चलचित्रमा पल शाह दोहोरो भूमिकामा देखिएका छन्।

लभ स्टोरी चलचित्रमा देखिदै आएका पलको एक्सन शःसक्त देखिएको छ। अभिनेत्री पूजा शर्मा एक पत्रकारको भूमिकामा देखिएकी छिन्। अभिनेत्री प्रियंका कार्की मुश्लिम महिलाको भूमिकामा देखिएकी छन्। बुलन्द संवाद र बलियो एक्सन चलचित्रको सबल पक्ष हुन्। चलचित्रमा प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको पनि अभिनय छ । नीकिता चाण्डकले चलचित्रको एक आइटम गीतमा नृत्य गरेकी छन् ।
चलचित्र भदौ २१ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्