धरानका युवराजसंग अरुणिमाले गरिन् दोश्रो विवाह


करिब एक दशकदेखि अमेरिकामा बस्दै आइरहेकी अभिनेत्री अरुणिमा लम्सालले दोश्रो विवाह गरेकी छन्। केहि समय अगाडी नेपाल आएकी लम्सालले धरानका युवराज श्रेष्ठसंग विवाह गरेकी हुन्।

केहि हप्ता अगाडी आमासंग नेपाल आएकी अरुणिमाको विवाहमा दुवै पक्षका पारिवारिक व्यक्तिहरुको उपस्थिति रहेको थियो। अरुणिमाले सोमबार बत्तीसपुतलीमा युवराजसँग मागी विवाह गरेकी हुन्। अमित अर्यालसँग पहिलो विवाह गरेकी अरुणिमाले २०७४ सालमा १२ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गरेकी थिइन्। उनीहरुबाट एक छोरी (अक्षता) छिन् । ५० भन्दा बढी चलचित्रमा अरुणिमाले अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्