निता र हरिहरको ‘ह्रस्व दीर्घ’ कार्तिक ३० बाट प्रदर्शनमा आउने


चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । असोज ३ गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र केहि दिन अगाडी पोष्टपोन्ड भएको थियो। प्राविधिक काम नसकिएको भन्दै यसको निर्माणपक्षले असोजको ३ गते चलचित्र रिलिज गर्न नसकिने जानकारी दिएको थियो । अब चलचित्र कार्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ।

नीता फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र अव दशैं, तिहार र छठ पर्व सकिएपछि रिलिज हुनेछ। चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, अली, ब्रम्मानन्दम, प्रदीप राउत, विपना थापा, संचिता लुइँटेल, किरण केसी, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

हरिहर अधिकारीको कथा रहेको चलचित्रमा कविरलालको डीओपी, प्रतीक पौडेलको लेखन रहेको छ। पटक पटक रिलिज मिति सर्दै आएको चलचित्रलाई लिएर निता र हरिहर दुवै उत्साहित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्