सम्राट बस्नेतको ‘कङ्गारु’ मा स्वस्तिमा, केदार देखि जितुसम्मको लाइनअप


सम्राट बस्नेतको निर्देशनमा तयार हुने चलचित्र ‘कङ्गारु’ मा नायिका स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । स्वस्तिमासँग निर्माणपक्षले कागजी संझौता गरेको छ । यस अगाडी चलचित्रमा केदार घिमिरे, जितु नेपाल र अर्पण थापा फाइनल भइसकेका छन्। सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा राजिभ गुरुङको प्रस्तुतिमा तयार हुनेछ ।

अष्ट्रेलियाको विभिन्न शहरमा छायांकन हुने चलचित्रको स्क्रिप्ट तयार हुन् २ बर्ष लागेको थियो। फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्शन प्रा.लिको सहकार्यमा निर्माण हुने चलचित्रमा प्रेम थापा, धन बहादुर गुरुङ र मनोज भण्डारीको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्