‘देव वाणी’ गीतमा रोमान्टिक कुन्दन र अनुजा


मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देव वाणी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ। प्रताप दस र सुनिता कार्कीको स्वरमा रहेको गीत ‘तिमीलाई सधैं भरी’ सार्वजनिक भएको छ। गीतमा भोला पौडेलको शब्द, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ । तेञ्जु योञ्जनको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्ड रहेका छन्। भारतको राजस्थानमा खिचिएको भिडियोलाई कोरियोग्राफर तेञ्जुले रोमान्टिक शैलीमा तयार परेकी छन् ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रलाई बाबु साहेब बलामीले निर्देशन गरेका छन्। चलचित्रमा कुन्दन र अनुजा सहित सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, मौसम पौडेलको अभिनय छ ।

मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । नेपाली र हिन्दी दुई भाषामा चलचित्र तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्