लोकार्नो फिल्म फेस्टिबलमा ‘शाम्बाला’ अभिनेत्री थिन्ले ल्हामोलाई अवार्ड


नेपाली चलचित्रलाई अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा पुर्याउन निर्देशक मीन बहादुर भामको ठुलो हात रहेको छ। बर्षौ लगाएर चलचित्र भामको नयाँ चलचित्र ‘शाम्बाला’ यतिबेला विश्वका विभिन्न स्थापित फिल्म फेस्टिभलमा सहभागी भएर चर्चा कमाईरहेको छ । यहि बीचमा विश्वप्रसिद्ध लोकार्नो फिल्म फेस्टिबलमा ‘शाम्बाला’ की मुख्य अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी छिन्। उनले आफ्नो अभिनयका लागी ‘बोक्कलिनो डिओर’ अवार्ड जितेकी हुन्।

दक्षिण एसियाली कलाकारले पहिलोपटक यस किसिमको अवार्ड प्राप्त गरेको दाबी निर्माण टिमले गरेको छ । स्वीजरल्यान्डमा आयोजित ७७ औं लोकार्नो फिल्म फेस्टिबलमा यो चलचित्र देखाईएको थियो। केहि समय अगाडी चलचित्र बर्लिन फिल्म फेस्टिबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। भदौ २८ गते नेपाली हलमा रिलिज हुने चलचित्रमा सोनाम तोप्देन मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्