मङ्सिर ७ मा ‘देववाणी’ रिलिज तय


बाबु साहेब बलामीको निर्देशनमा तयार भएको चलचित्र ‘देववाणी’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै मङ्सिर ७ गतेलाई रिलिज मिति तय गरेको छ। चलचित्रको सार्वजनिक पोष्टरमा नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चालाई रोमान्टिक भावमा देखाइएको छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ कार्यकारी निर्माता रहेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्