असोज ३ बाट सर्यो नीता र हरिहरको ‘ह्रस्व–दीर्घ’


नेपाली र भारतीय कलाकारको बाहुल्यता रहेको चलचित्र ‘ह्रस्व–दीर्घ’ को प्रदर्शन मिति स्थगित भएको छ। असोज ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको निर्माण टिमले पोष्ट प्रोडक्सनको काम नसकिएको कारण रिलिज मिति स्थगित भएको जानकारी दिएको छ।

नीता फिल्म्सको ब्यानरमा निता ढुंगानाले निर्माण गरेको चलचित्र कलाकारका कारण नै प्रतिक्षित रहेको छ। शुक्रवार बिहान सामाजिक सञ्जालमा एउटा सूचना जारी गर्दै नीता र हरिहर अधिकारीले रिलिजको लागि करिव १ महिना बाँकि रहँदा रिलिज मिति स्थगित भएको जानकारी गराएको हो ।

नयाँ प्रदर्शन मिति चाडै घोषणा गर्ने टिमले जानकारी गराएको छ । चन्द्र पन्तको निर्देशनमा चलचित्र निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्