‘सतीदेवी’ को ‘माया बसेको रैछ’ गीतमा रोमान्टिक मलिका र सन्दिप


लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको चलचित्र ‘सतीदेवी’को ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ । प्रताप दास र दीपा लामाको स्वर रहेको गीतमा निर्देशक सुवेदीको शब्द र दीपक शर्माको संगीत रहेको छ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका मलिका महत र कलाकार सन्दिप बाबु लोहनीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा तयार भएको चलचित्रमा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोक प्रसाद र श्रीदेवी सुवेदीको लगानी छ । चलचित्रमा हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, श्रृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनीषा सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । भदौ ७ गतेबाट रिलिज हुने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्