‘नरसिंहाः अवतार’मा राजेश हमालसंग जोडी बाँध्दै सनिशा भट्टराई


राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’मा नायिका सनिसा भट्टराई फाइनल भएकी छिन् । दिवाकर भट्टराईको निर्देशनमा तयार हुने चलचित्रको लागी निर्माण पक्ष र सनिशा विच औपचारिक सम्झौता भैसकेको छ। म्युजिक भिडियोमा राम्रो सफलता हात पर्दै सनिशा यतिबेला नेपाली चलचित्र क्षेत्रमा स्थापित हुने कोसिसमा रहेकी छिन्।

विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाउँ’ उनको डेव्यु चलचित्र हो । यो चलचित्र फूलपातीबाट रिलिज हुँदैछ।
चलचित्र ‘नरसिंहाः अवतार’ मा सनिशा राजेश हमालको अपोजिटमा देखिनेछिन् । भदौबाट छायांकनमा जाने चलचित्रमा नीति शाह यस अगाडी नै फाइनल भैसकेकी छिन्। पूर्ण रुपमा एक्सन जनरामा बन्न लागेको यो चलचित्रबाट राजेशको कमब्याक बलियो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्