माघमा ‘के घर के डेराः घर नम्बर २’ रिलिज तय


दिपेन्द्र के खनालको निर्देशनमा तयार भैरहेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति तय गरिएको छ । साउन २५ गतेबाट छायांकन सुरु गरिएको चलचित्र माघ ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले चलचित्र माघ ११ गतेबाट रिलिज हुने जानकारी दिएका हुन्।

एक महिनाको सेड्युल लिएर चलचित्र फ्लोअरमा गएको छ। काठमाडौंका आसपासका क्षेत्रमा खिचिने चलचित्रमा बुद्धि सागरको कथा रहेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारहरूको अभिनय छ ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । ओम प्रकाश अग्रवाल र महेश किजु सह- निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता युवराज कार्की हुन् ।

प्रतिक्रिया दिनुहोस्