फूलपातीमा दिपक-दिपा भर्सेस जितु नेपाल: केदारको तर्क,’यस्तो कन्फ्लिक्ट अहिले सम्म कहिल्यै भएको छैन’


चलचित्र हलमा चलचित्र रिलिजको प्रतिष्पर्धा हुनु, एकै मितिमा एक भन्दा चलचित्र प्रदर्शनमा आउनु सामान्य बिषय हो। अझ बिदाको समयमा एकसाथ धेरै चलचित्र रिलिज हुनु पनि पछिल्लो समय चलिरहेको ट्रेन्ड नै हो। नेपाली चलचित्र बजारले एकसाथ दुई चलचित्र रिलिज हुँदा धन्न सक्ने पनि प्रमाणित भैसकेको छ। यो बर्षको दशैँमा पनि हलमा चलचित्रको एकअर्कामा क्ल्यास हुँदैछ। घटस्थापनामा ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’ रिलिज हुदैछन्।

फूलपातीमा सुटिङ्ग अगावै चलचित्र ‘छक्का पन्जा ५’ ले रिलिज मिति तय गरिसकेको छ। यसको पहिलो गीत सोमबार रिलिज भएको छ र दर्शकको राम्रो साथ बटुलिरहेको छ। यहि मितिमा बिराज भट्टको एक्सन चलचित्र ‘१२ गाउँ’ आउने चर्चा रहेको छ। तर रिलिज मिति भने कन्फर्म भैसकेको छैन। तर सप्राइज दिदै यो मितिमा नयाँ चलचित्रको रिलिज तय भएको छ। बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्वाई साब’ यो मितिमा रिलिज हुने भएको छ।

तर यसलाई चलचित्रको भिडन्त भन्दा पनि दिपक-दिपाको समूह र जितु नेपालको क्ल्यासको रुपमा हेरिएको छ। जितु पहिलो दिपक-दिपाको टीममा नै आबद्ध रहेका थिए । तर बीचमा सम्बन्ध चिसिएपछि जितु बहिरिएका थिए । बाहिर देखिए जस्तो सुमधुर सम्बन्ध यी बीचमा नरहेको चर्चा रहेको छ।

हास्य कलाकारको टीममा कहिले क्ल्यास नभएको कारण यो पटक पनि नहुने केदार घिमिरे माग्ने बुढाले आफ्नो सामाजिक संजालमा लेखेका छन्। उता ज्वाई साब टीमले भने बिदाको उपयुक्त समय भएको कारण दशैँमा आउन लागेको बताउदै आएको छ।

अब यो क्ल्यासमा टिम बाहिर रहेर आफ्नो चलचित्र भविष्य खोज्दै गरेका जितुको जित होला या इतिहास बनाउन माहित छक्का पन्जा टिम हाबी बन्ला त्यो भने फूलपाती पछि समिक्षा गरौला ।

प्रतिक्रिया दिनुहोस्