करन परियार र अनु चौधरीको स्वरमा ‘बुलाकी’ नयाँ गीत


लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘बुलाकी’ को नयाँ गीत रिलिज भएको छ। करण परियार र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत ‘रातले कुर्या चन्द्रमा’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा नायिका सुरक्षा पन्त र कलाकार विराज विष्टलाई फिचरिङ गरिएको छ ।

यो गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ। चलचित्रमा नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश वुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्