फूलपातीमा ‘ज्वाई साब’ रिलिज तय, पोष्टरमा जितु र नीतिको बिहे


जितु नेपाल र नीति शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘ज्वाई साब’ को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माण टिमले असोज २४ गते फूलपाती बाट चलचित्रको रिलिज घोषणा गरिएको छ। हाल पोष्ट प्रोडक्सनको काममा व्यस्त रहेको चलचित्रको एक गीतको छायांकन बाँकी छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन्। सार्वजनिक पोष्टरमा जितु र नीतिलाई बेहुला बेहुलीको भेषमा देखाइएको छ। चलचित्रमा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा मौसम फिल्मस्को सहकार्य रहेको चलचित्रमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । विजय बस्याल कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्