‘छक्का पन्जा ५’ गीत: बिहे भाको छैन भन्दै दिपकसंग बर्षाको छमछामी


बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा ५’ को पहिलो गीत सार्वजनिक भएको छ। लोक शैलीमा तयार पारिएको ‘बिहे भाको छैन’ गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको छ। गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द र दीपक शर्माको संगीत छ ।

सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा चलचित्रका मुख्य दुई कलाकार दिपकराज गिरी र बर्षा शिवाकोटी फिचर रहेका छन् । एक राजा र एक रानीको कथालाई चलचित्रमा प्रस्तुत गरिएको आभाष गीतको भिडियोले गराएको छ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराजा गिरी, बर्षा शिवाकोटी र केदार घिमिरे माग्ने बुढा मुख्य भूमिकामा रहेका छन्।
आमा सरस्वती मुभिजको ब्यानरमा आइएमईको सहकार्यमा तयार भएको चलचित्र असोज २४ गते फूलपातीबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्