‘वर एण्ड वधु’ पोष्टरमा रोमान्टिक आंचल र विवेक


आंचल शर्मा र विवेक कर्माचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, एक पोस्टरमा भने चलचित्रका अधिकांश कलाकारहरु अटाएका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको चलचित्रमा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा जानुका थापाको लगानी छ । चलचित्रको कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको चलचित्र भदौ १४ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्